मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १२ शनिबार
  • Thursday, 09 January, 2025
एजेन्सी काठमाडौं
२o७८ भदौ १२ शनिबार १२:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लाग्यो

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १२ शनिबार १२:२२:oo

पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लागेको छ । गत जुलाईमा नमुना संकलनका लागि वैज्ञानिकहरू ओणाक टापुमा गएका थिए। तर, आर्टिक क्षेत्रका टापुहरूको दर्ता गर्ने डेनिस अधिकारीसँग सम्पर्क गर्दा उनीहरू सो टापुबाट ८०० मिटर उत्तरमा रहेको टापुमा रहेको थाहा पाए।

६० मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको सो टापुलाई उत्तरी ध्रुवको सबैभन्दा नजिकको जमिन बताइएको छ । यसअघि ओणाक टापुलाई पृथ्वीको सबैभन्दा उत्तरको टापु मानिएको थियो।

'उक्त टापु मेरो संयोजनमा रहेको डेनिस–स्विस अध्ययन भ्रमणका क्रममा पत्ता लागेको हो,' अध्ययन टोलीका प्रमुख तथा कोपनहेगन विश्वविद्यालयअन्तर्गतको आर्कटिक स्टेसनका मोर्टेन राश्चले भने, 'हामी सबैभन्दा उत्तरमा रहेको ओणाक टापुको भ्रमण गर्न चाहन्थ्याैँ।'

वैज्ञानिकहरूले उक्त टापुको नामा क्युकेर्टाक अभान्नारलेक राख्न चाहेका छन् । ग्रिनल्यान्डकाे भाषामा जसको अर्थ सबैभन्दा उत्तरको टापु भन्ने हुन्छ । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाले किन्ने प्रस्ताव गरेका थिए । यद्यपि, उनको सो प्रस्ताव डेनमार्कले अस्वीकार गरिदिएको छ ।