मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ११ शुक्रबार १५:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभापतिको उम्मेदवारी कसैलाई रिटायर्ड गराउन होइन, कांग्रेसलाई जिताउन हो : उपसभापति निधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार १५:१४:oo

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्नका लागि नभएको बताएका छन्। काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको शुभारम्भ गर्दै निधिले यस्तो बताएका हुन्।

उनले कांग्रेस सभापतिमा उम्मेदवारी दिने तयारीकै लागि सम्पर्क कार्यालय खोलेको भन्दै आफ्नो निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन्। ‘म केन्द्रीय सभापतिको पदमा उम्मेदवारी दिने तयारीमा छु। त्यसैका लागि यो सम्पर्क कार्यालय खोलेको हुँ,’ निधिले भने, ‘मेरो सभापतिको उम्मेदवारी महाधिवेशनमा कसैलाई पराजित गराउन र रिटायर्ड गराउन होइन। रूख चिह्नलाई देशभरबाट बहुमत प्राप्त गर्नका लागि हो।’

आफू सभापति बनेको अवस्थामा आगामी निर्वाचनमा कांग्रेस देशभरबाट विजयी हुने र संविधानको स्वामित्वसमेत लिने निधिको दाबी छ। उनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नका लागि आफूले उम्मेदवारी दिन लागेको बताए। ‘युवाले नेतृत्व लिनुपर्छ भनेर सहजीकरणका लागि पनि मेरो उम्मेदवारी हो। गुट–उपगुटबाट माथि उठून् भन्ने मतदाता र जनताको चाहना हो,’ निधिको भनाइ छ।

साथै उपसभापति निधिले जिल्ला सभापतिहरूले सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै सुरु गरेको आन्दोलन उचित रहेको भन्दै सदस्यताको विवरण सार्वजनिक गर्न माग गरेका छन्। कांग्रेसले मात्र लोकतन्त्रको संरक्षण र कार्यान्वयन गर्न सक्ने उनको जिकिर छ। ‘यसअघि जुन दल सत्तामा आएका थिए, ती दल लोकतन्त्र स्वीकार गर्न सक्ने खाले थिएनन्। जसकारण मुलुकमा भाँडभैलो देखियो। अब कांग्रेसले नै आगामी निर्वाचनमा विजय हासिल गर्छ। मेरो उम्मेदवारी यसैका लागि हो,’ उनले भने।