Skip This
महन्थ ठाकुरको लोसपाको पक्षमा १४ सांसदको सनाखत, रेशम चौधरीको सनाखत जेलबाटै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ९ बुधबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ९ बुधबार १४:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महन्थ ठाकुरको लोसपाको पक्षमा १४ सांसदको सनाखत, रेशम चौधरीको सनाखत जेलबाटै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ९ बुधबार १४:२४:oo

महन्थ ठाकुरको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि १४ जना सांसदले सनाखत गरेका छन्।  आज निर्वाचन आयोग पुगेर १४ जना सांसदले महन्थ ठाकुरको लोसपाको पक्षमा हस्ताक्षर गरेको चन्दा चौधरीले बताइन्। यस्तै, पार्टीका १७ जना कार्यकारिणी सदस्यले सनाखत गरेका छन्।

जेलमा रहेका रेशम चौधरीले जेलबाटै कार्यकारिणी सदस्यको रूपमा मञ्जुरीनामा पठाएर महन्थ ठाकुरको पक्षमा सनाखत गरेका छन्। राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि भदौ २ गते ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। नयाँ अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याउनुपर्छ।