मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ ९ बुधबार
  • Saturday, 29 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ९ बुधबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माधव नेपालकै सहमतिमा १०बुँदे भएको हो : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ९ बुधबार १३:२o:oo

नेकपा (एमाले)का नेता योगेश भट्टराईले १०बुँदे सहमतिलगायतका आधारमा पार्टी एकताका लागि उभिएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यस्तो बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै उनले १०बुँद सहमति माधव नेपालकै सहमतिमा ल्याइएको बताए।

असार २७ मा भएको सहमतिको औचित्यलाई लिएर पछिल्लो समय अनेक कोणबाट टीका–टिप्पणी भएको प्रसंगमा उनले यस्तो बताएका हुन्। ‘कतै माधव कमरेडलाई छलेर बेवास्ता गरेकोजस्तो लागेको छ। तर, उहाँसँग सहमति गरेर करेक्सन गरेरै सहमति गरिएको हो,’ उनले भने।

उनले १०बुँदेको औचित्य नदेख्नेहरू एकताविरोधी भएको संज्ञा दिए। सहमतिलाई लिएर भइरहेको टिप्पणी राजनीतिक नभएको उनको भनाइ थियो,‘आजका दिनमा १०बुँदे सहमतिलाई लिएर जति टिप्पणी भएका छन् ती राजनीतिक टिप्पणी होइनन्। यसले एकताप्रतिको मनसायलाई देखाउँछ।’