१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ बैशाख १९ बुधबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘नो एन्ट्री’को सिक्वेल बन्ने, मुख्य भूमिकामा सलमान

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ बैशाख १९ बुधबार १४:३४:oo

बलिउड सुपरस्टार सलमान खान यतिवेला ‘टाइगर ३’को छायांकनमा व्यस्त छन्। यसैबीच, करिब १६ वर्षअघि रिलिज भएको उनको ‘नो एन्ट्री’को सिक्वेल बन्ने खबरहरू बाहिरिएका छन्।

सन् २००५ मा रिलिज भएको ‘नो एन्ट्री’को सिक्वेलमा मुख्य भूमिकामा सलमानले नै काम गर्ने बताइएको छ। चलचित्रको पहिलो भागमा सलमानसहित अनिल कपुर, फरदिन खान, लारा दत्ता, विपासा बसुलगायतले अभिनय गरेका छन्।

प्रोड्युसर बोनी कपुर र सलमान खान सिक्वेलको तयारीमा जुटेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। चलचित्रका लागि अन्य कलाकार र निर्देशक भने तय भइसकेको छैन। ‘नो एन्ट्री’को निर्देशन गरेका अनिश बज्मीले भने आफूले सिक्वेल निर्देशन नगर्ने बताइसकेका छन्।

ad
ad