मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Friday, 14 August, 2026
लन्डन
२o७८ भदौ ३ बिहीबार o८:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोले गरे  मिडियाको आलोचना

Read Time : > 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार o८:१८:oo

युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस तथा बेलायती मिडियाको आलोचना गरेका छन् । त्यहाँका मिडियाले रोनाल्डोले सिरिए लिग छाड्ने र अन्य क्लबमा आबद्ध हुने समाचार सम्प्रेषण गरेपछि उनी आक्रोसित भएका हुन् । 

उनले आफू तत्काल कुनै क्लबमा नजाने र मिडियामा आएका सबै कुरा झुटा भएको बताएका छन् । ३६ वर्षीय रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड, फ्रान्सको पेरिस सेन्ट जर्मेन तथा इंग्लिस क्लब म्यानचेस्टर सिटी जान सक्ने ती मिडियाको दाबी थियो । मिडियाका अनुसार रोनाल्डोका एजेन्ट यी तीनवटै क्लबसँग वार्ता गरिरहेका छन् । रोनाल्डोले आफ्नो सामाजिक सञ्जालबाट मिडियाका सामाचारमा केही अर्थ नरहेको उल्लेख गरेका छन् । 

उनले कुनै एक खेलाडीको निजी जीवनमाथि हस्तक्षेप गर्ने अधिकार मिडियालाई नभएको जनाएका छन् । ‘म एक खेलाडी, व्यक्ति र सर्वसाधारण हुँ, मेरो निजी जीवनबारे लेख्ने अधिकार कसैलाई छैन,’ रोनाल्डोले भने, ‘म यति भन्न चाहन्छु, जुन वेला क्लब छाड्ने निर्णय गर्छु, त्यसवेला सबैलाई जानकारी दिनेछु ।’ 

गत साता लियोनल मेसीलाई अनुबन्ध गरेपछि पिएसजीले रोनाल्डो पनि भित्र्याउने योजनामा रहेको सार्वजनिक गरेको थियो । यससँगै स्पेनिस तथा बेलायती मिडियाले रोनाल्डोले छिटै युभेन्ट्स छाड्ने समाचार सम्प्रेसण गरेका थिए ।

यसैबीच रियल म्याड्रिडका प्रशिक्षक कार्लोस एन्सेलोटीले स्पेनिस क्लबमा रोनाल्डो फर्काउने योजना भएको प्रतिक्रिया दिएका छन् । ‘रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडकै लिजेन्ड खेलाडीमा पर्छन्, हामी सबै लिजेन्डको सम्मान गछौँ, यही मायाले नै उनलाई फर्काउने कोसिस भइरहेको छ,’ एन्सोलेटीले ट्विट गरेका छन् । रोनाल्डोले आफ्ना पूर्व प्रशिक्षक एन्सेलोटीका भनाइबारेमा भने केही प्रतिक्रिया दिएका छैनन् । 

सन् २००९ मा रोनाल्डो म्यानेचेस्टर युनाइटेडबाट रियल म्याड्रिडमा आबद्ध भएका थिए । उनले रियलमा एक दशक बिताउँदा चार सय ३८ खेलमा चार सय ५० गोल गरेका थिए । रियलमा रहँदा उनले चारपटक युरोपियन च्याम्पियन्स लिग जितेका थिए ।