मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ३१ आइतबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३१ आइतबार १४:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रेखासहित १७ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३१ आइतबार १४:४५:oo

राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन्। यसअघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेलसहित १७ खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणबाट बाहिरिएकाे अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ। एन्फाले एएफसी महिला एसियन कप– २०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। तर, परीक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र अर्का एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएका एन्फाले जनाएको छ।

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमणका कारण तटस्थ स्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ।

छनोट खेल १३ देखि २५ सेप्टेम्बरसम्म हुँदै छ ।  २८ टोलीलाई आठ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन्।