१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Wednesday, 23 October, 2024
कुटपिटबाट हात भाँचिएकी सरिता साह
२o७८ श्रावण २७ बुधबार o८:o४:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शुल्क तिर्न ढिला गरेको भन्दै प्रिन्सिपलद्वारा विद्यार्थीको परिवारैमाथि कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार o८:o४:oo

युकेजीका विद्यार्थीको पाँच हजार शुल्क तिर्न ढिला हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीका बुबा, आमा र दिदीमाथि निर्घात कुटपिट

मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले शुल्क बुझाउन ढिलाइ गरेको भन्दै एक विद्यार्थीको परिवारका सदस्यमाथि कुटपिट गरेका छन् । मिर्चैया नगरपालिका– १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले युकेजीमा अध्ययनरत नवीनकुमार साहका अभिभावकमाथि कुटपिट गरेका हुन् ।

प्रिन्सिपल साहले रामकुमारका बुबा अशोक, आमा सुनितादेवी, दिदीहरू सरिता र अञ्जलीमाथि कुटपिट गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए । कुटपिटबाट अशोकको टाउकोमा चोट लागेको छ । सरिताको हात भाँचिएको र टाउकोसमेत फुटेको डिएसपी श्रेष्ठले जानकारी दिए । 

दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि थप उपचार गर्न विराटनगर रिफर गरिएको छ । अन्य सामान्य घाइतेको मिर्चैयामै उपचार भइरहेको छ । कुटपिटपछि प्रिन्सिपल साह फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

‘युकेजीमा पढ्ने विद्यार्थीका अभिभावकले विद्यालयलाई करिब ५–६ हजार रुपैयाँ तिर्न बाँकी रहेछ,’ डिएसपी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘त्यो रकम किन नतिरेको भन्दै प्रिन्सिपल रामकुमार साहले विद्यार्थीका बाबु, आमा र दुई दिदीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

प्रिन्सिपल साह मंगलबार मिर्चैया नगरपालिका– १० मथलेश्वर बजारमा पानपसल सञ्चालन गर्दै आएका अशोकसँग पैसा माग्न उनको पसलमै पुगेका थिए । स्थानीयका अनुसार कोरोना महामारीका कारण व्यवसाय राम्रोसँग चल्न नसक्दा आर्थिक समस्या परेको भन्दै अशोकले केही समय पर्खन आग्रह गरेका थिए ।

तर, प्रिन्सिपल साहले अहिले नै पैसा चाहिने भन्दै अपशब्द प्रयोग गरी एक्कासि कुटपिट गरेको स्थानीयको भनाइ छ । नजिकै रहेका परिवारका सदस्यले झगडा छुट्याउन लाग्दा साहले उनीहरूलाई समेत कुटपिट गरेर घाइते बनाएका थिए ।