१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २७ बुधबार o७:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोकाकोला फाउन्डेसन र रेडक्रसको  सहकार्यमा कोभिड रोकथाममा सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार o७:१३:oo

कोकाकोला फाउन्डेसन र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा विभिन्न अस्पताललाई कोभिड रोकथाम तथा फ्रन्ट लाइनरको सुरक्षाका लागि सामग्री सहयोग गरेको छ । देशभरका स्वास्थ्य संस्थालाई सहयोग पुर्‍याउने उद्देश्यसहित सामग्री हस्तान्तरण गरिएको हो । 

महाराजगन्जको शिक्षण अस्पतालमा रेडक्रसको स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकर र कोकाकोला नेपालका प्रतिनिधिहरूले अस्पतालका डा. रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरेको जनाइएको छ । साझेदारी परियोजनाका रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल अस्पताल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएसनका स्वास्थ्य पेसेवरहरूलाई व्यक्तिगत सुरक्षाका सामानहरू वितरण गरिएको कोकाकोलाले जनाएको छ । यस अभियानमा १२ हजार ५ सय सर्जिकल मास्क, ५ हजार जोडी पन्जा र ९ सय ६० स्यानिटाइजर बोतल रहेको जनाइएको छ । 

यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र बागमती प्रदेशको धादिङ जिल्लाका साथै कास्की, तनहुँ, गोरखा, लमजुङ, र गण्डकी प्रदेशको पूर्वीनवलपरासी जिल्लाहरूमा गरिएको कोकाकोलाले जनाएको छ । नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिकहरू, स्वास्थ्यकर्मीहरू र एम्बुलेन्सचालकले पनि सहयोगी सामग्री प्राप्त गरेको जनाइएको छ ।

रेडक्रसको स्वास्थ्य सेवा विभागकी निर्देशक डा. राजकर्णिकारले भनिन्, ‘नेपाल रेडक्रस र दी कोकाकोला फाउन्डेसनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको संरक्षण गर्न र स्टप द स्प्रेड अभियानलाई मूर्तरूप दिने एउटा प्रयास हो ।’