१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २६ मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण २६ मंगलबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकवि देवकोटाको घरसम्बन्धी रिटको सुनुवाइ सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण २६ मंगलबार १७:२२:oo

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएकोविरुद्ध दायर भएको रिटमाथि सुनुवाइ सरेको छ। सर्वोच्च अदालत न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएको रिटमाथि इजलास बस्न नभ्याएका कारण मंगलबारको सुनुवाइ सरेको सर्वोच्चले जनाएको हो । 

भत्काइएको घरको संरचनालाई थप क्षति नपुर्‍याउन अन्तरिम आदेश माग गर्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। रिटमा भत्काएर नयाँ बनाउन लागिएको संरचनामा त्रुटि रहेको र तयार भएको डिजाइनअनुसारको संरचनाले मौलिकता जोगाउन नसक्ने जिकिर गरिएको छ।