काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम सार्वजनिक गरेको छ । महानगरअन्तर्गत राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाएमा कानुनी प्रक्रियाबाट कर असुल गरिने बताए । उनका अनुसार १६ असारमा नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् ।
‘हामी करदाताको सहजताका लागि काम गरिरहेका छौँ । यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारबाही चलाउनुबाहेक विकल्प छैन,’ अधिकारीले भने, ‘सूचनाको अटेर गर्नेहरूको घर, पसल र व्यवसायमा सिलबन्दी गरेर राजस्व असुली गर्नुको विकल्प छैन ।’
नाम सार्वजनिक गरिएका करदाताहरू
क्र.सं. करदाताको नाम वडा नं. ठेगाना
१ रवीन्द्रबहादुर मल्ल १ लालदरबार
२ दिव्यशमशेर जबरा १ दरबारमार्ग
३ जय नेपाल हल १ दरबारमार्ग
४ इम्पेरियल अपार्टमेन्ट १ नक्साल
५ कान्तिपुर होटेल १ दरबारमार्ग
६ शिशु अर्याल २ लाजिम्पाट
७ होटेल ग्याङजोङ (हाल हिमालय) २ लाजिम्पाट
८ सिटी होटेल्स २ लाजिम्पाट
९ शुभकामना हाउजिङ डेभलपर्स प्रालि ४ भाटभटेनी
१० ओम सान इन्टरनेसनल कलेज (हेल्पिङ ह्यान्ड्स) ७ चाबहिल
११ गोपीकृष्ण मुभिज प्रालि ७ गोपीकृष्ण नगर
१२ झिग्मी सिग्मी पर्वल विष्ट ७ चुच्चेपाटी
१३ काठमाडौं जेसिस ११ थापाथली
१४ खाद्य संस्थान ११ थापाथली
१५ सिग्नेचर अपार्टमेन्ट १२ टेकु
१६ अम्बे कम्प्लेक्स १२ टेकु
१७ टाउन डेभलपर्स प्रालि १२ टेकु
१८ राजेन्द्रकुमार काँवरा १३ रेडक्रस मार्ग
१९ ब्लुबर्ड इन्भेष्टमेन्ट १३ रेडक्रस मार्ग
२० होटेल प्लाटिनियम १३ सोल्टीमोड
२१ बुद्ध मल १६ माछापोखरी
२२ सिद्धार्थ वनस्थली स्कुल १६ वनस्थली
२३ जनमैत्री अस्पताल १६ बालाजु चोक
२४ ब्याट्री कारखाना १६ बालाजु
२५ होटेल मर्स्याङ्दी १६ ठमेल
२६ ह्वाट फिल स्कुल १७ खुसिब, नयाँबजार
२७ प्रदीपरत्न ताम्राकार, उदयरत्न ताम्राकार र विजयरत्न ताम्राकार २० २०, २२, २५, वडामा रहेको घर
२८ आदर्श नगर बिजनेस प्रालि २२ पिपुल्स प्लाजा
२९ बसुन्धरा तुलाधर २२ न्युरोड
३० रञ्जना ट्रेड सेन्टर २२ न्युरोड
३१ केशा प्रोपर्टिज प्रालि २२ न्युरोड
३२ बैसाली होटेल प्रालि २६ ठमेल
३३ नेपाल स्काउट २६ लैनचौर
३४ साझा भण्डार २७ भोटाहिटी
३५ राष्ट्रिय नाचघर २७ जमल कान्तिपथ
३६ चेम्बर भवन २७ जमल कान्तिपथ
३७ कर्मचारी सञ्चयकोष भवन २७ ठमेल, त्रिदेवीमार्ग
३८ नेपाल रेडक्रस सोसाइटी २८ प्रदर्शनी मार्ग
३९ नेपाल विद्युत् प्राधिकरण २८ पुरानो बसपार्क
४० नेसनल ट्रेडिङ लिमिटेड २८ रामशाह पथ
४१ नेपाली जामे मस्जिद २८ दरबरमार्ग
४२ प्रवीणबहादुर केसी ३० शान्ता प्लाजा, ज्ञानेश्वर
४३ मैतीदेवी प्लाजा ३० डिल्लीबजार सडक, मैतीदेवी
४४ भरत गिरी (युनिभर्सल स्कुल) ३० डिल्लीबजार सडक, मैतीदेवी
४५ गगनवीरसिंह कंसाकार ३० कम्प्युटर बजार, पुतलीसडक
४६ केएल टावर ३० ज्ञानेश्वर
४७ एपोलो प्रालि ३० डिल्लीबजार सडक, मैतीदेवी
४८ सिटी सेन्टर ३० कमलपोखरी
४९ अजयराज सुमार्गी पराजुली ३१ बानेश्वर
५० शिशु अर्याल (अल इन मार्ट) ३१ मीनभवन
५१ वरुण वेभरेज प्रालि ३२ पेप्सीकोला काठमाडौं
५२ रिद्धिसिद्धि डेभलपर्स ३२ तिनकुने