
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले संविधानको आत्मा मार्ने गरी प्रतिगमनको दोस्रो भेरिएन्ट आउन सक्ने भन्दै सचेत हुन आग्रह गरका छन् । सत्तागठबन्धनका नेतासमेत रहेका भट्टराईले सोमबार ट्विट गर्दै पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने भन्दै ढुक्क भएर आ–आफ्नो पार्टी वा गुटतिर नर्फिकन गठबन्धनका नेताहरूलाई सुझाब दिएका छन् ।
उनले लेखेका छन्, ‘कोरोनाझैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्राे संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्राेचाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ। अतः ढुक्क भएर आ–आफ्ना पार्टी वा गुटतिर नफर्कौँ !’