मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १७:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १७:२५:००

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका– ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर किनेर नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।

संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ । महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा–प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘एकेडेमीमा सबै बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ । सबै पढेलेखेको बुद्धिजीवी व्यक्तिहरू बस्नुहुन्छ । उहाँहरूको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ ।’

महाकवि देवकोटाको घर सरकारले दुई करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ ।