१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २० बुधबार १८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई किलो सुनसहित तीन भारतीय नागरिक पक्राउ, चाँदीको जलप लगाएर तस्करी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २० बुधबार १८:०७:००

प्रहरीले झन्डै दुई किलो सुनसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थानका २७ वर्षीय साकिर अली, २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय  प्यार मोहम्मद छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई बुधबार बिहान सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्टहाउसबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरूले सुनको बिस्कुटमा चाँदीको जलप लगाई तस्करी गर्दै थिए । उनीहरूबाट प्रहरीले एक किलो आठ सय ६६ ग्राम सुन बरामद गरेको छ । चाँदीको जलप लगाइएको सुन घोटेर परीक्षण गर्दा मात्रै खुलेको थियो । 

अनुसन्धानमा संलग्न महाशाखाका प्रवक्ता एसपी कृष्ण  कोइरालाले भने, ‘सुनजस्तो देखिने पहेँलो धातु बरामद भएको छ । चाँदीको जलप लगाई उनीहरूले तस्कारी गर्न लागेको खुलेको छ । भारतीय नागरिक पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान हुँदै छ ।’