मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २० बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २० बुधबार १३:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयबाटै कसरी बाहिरियो ‘प्रि–स्याट’को प्रश्नपत्र ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २० बुधबार १३:३२:oo

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन प्रहरी प्रधान कार्यालयले लिने प्रि–स्याट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि अर्को प्रश्नपत्र छापेर परीक्षा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रधान कार्यालयले १६ गते अन्तिम सिफ्टको परीक्षाको प्रश्नपत्र कार्यालय सहयोगीबाट बाहिरिएपछि पुनः नयाँ प्रश्नपत्र तयार गरेर परीक्षा लिइएको जनाएको छ। 

प्रधान कार्यालयले चारवटा सिफ्टमा प्रि-स्याट परीक्षा सञ्चालन गरेको थियो। त्यसमध्ये अन्तिम सिफ्टको परीक्षाको प्रश्नपत्र बाहिरिएको थियो। १६ गते अन्तिम सिफ्टको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि होहल्ला मच्चिएको थियो। त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले उक्त प्रश्न रद्द गरी तुरन्तै नयाँ प्रश्नपत्र छापेर परीक्षा सञ्चालन गरेको थियो। 

परीक्षा बिगार्ने र सहभागी नहुनेले अनावश्यक हल्ला फैलाएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख विश्वराज पोखरेलले आरोप लगाए। कार्यालय सहयोगीबाट १६ गते प्रश्नपत्र बाहिरिएपछि १६ गते नै नयाँ प्रश्नपत्र छापेर परीक्षा लिइएको उनको भनाइ छ। उनले प्रश्नपत्र बाहिरिएको जानकारी पाएपछि विभागले युएन शाखामा कार्यरत दुईजना प्रहरीलाई कारबाही थालेको जानकारी दिए। ‘युएन शाखामा प्रश्नपत्र राखिएको थियो, त्यहाँ काम गर्ने कार्यालय सहयोगी परीक्षा नसकिएसम्म त्यहाँबाट अन्त जान पाइँदैन,’ उनले भने, ‘तर, ती कर्मचारी चाबी लगाएर बाहिरिएछन्, अर्को कर्मचारीसँग पनि त्यो शाखाको चाबी रहेछ, उसैले प्रश्नपत्र आउट गरेको हो।’ उनले प्रश्नपत्र आउट गर्नेमाथि कारबाही सुरु भएको जानकारी दिए। 

स्रोतका अनुसार ह्वाट्सएपमार्फत प्रश्नपत्र बाहिरिएको थियो। पहिला युएन शाखामा कार्यरत प्रहरी अधिकारीहरूले पुरानो सम्पर्क प्रयोग गरेर प्रश्नपत्र परीक्षा हुनुअगावै हात पारेका थिए। 


प्रहरीका पूर्वडिआइजी पीताम्बर अधिकारीले प्रहरी हेडक्वार्टरले लिने जाँचको प्रश्नपत्र बाहिरिनु गम्भीर विषय रहेको बताए। बाहिरिएको हो भने प्रश्नपत्र रद्द गरी अर्को प्रश्नपत्रबाट पुनः परीक्षा लिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘प्रहरीमा जागिरे भइसकेपछिको सपना युएन मिसनमा सहभागी हुनु हो, यसमा कुनै लापरबाही हुनुहुँदैन, यो निकै चोखो र निष्पक्ष तवरले हुँदै आएको परीक्षा पनि हो, यसपटक प्रश्नपत्र बाहिरिनु निकै गम्भीर कुरा हो।’ उनले प्रश्नपत्र बाहिरिए पनि हेडक्वार्टरले उक्त विषयलाई तुरुन्तै सार्वजनिक गर्नु र अनुसन्धान थाल्नु सकारात्मक रहेको बताए। 

उनका अनुसार युएन मिसनमा सहभागी हुन स्याट र प्रि–स्याट जाँच पास गर्नुपर्छ। जसमा  अंग्रेजी भाषा (रिडिङ, राइटिङ, लिस्निङ) पास गर्नपर्छ। यसबाहेक न्युयाेर्कबाट स्याट टिम आएर मिसनमा सहभागी हुने प्रहरीहरूको अन्तर्वार्ता लिन्छ। अन्तर्वार्ता छनोट भएपछि मात्रै तोकिएको मितिमा युएन मिसनमा सहभागी गराइन्छ। प्रहरीको युएन मिसन तालिम करिब एक वर्षको हुन्छ।