१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १७ आइतबार १०:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंक र डिभी एक्सिलसबीच कृषि कर्जा दिन सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १७ आइतबार १०:५६:००

नबिल बैंक र डिभी एक्सिलसबीच किसानहरूलाई वित्तीय पहुँच प्रदान गर्ने सहमति भएको छ । बैंकले किसानलाई कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकताअनुसार बिउ र मल खरिद गर्न वित्तीय पहुँच प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र डिभी एक्सिलसका निर्देशक देवश प्रधानले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले डिभी एक्सिलससँगको सहकार्यले कृषकहरूले आवश्यकताअनुसार कृषि कर्जा प्राप्त गरी उत्पादकत्व बढाउने विश्वास व्यक्त गरे ।  

सहकार्यअन्तर्गत खेती एपमार्फत कृषकहरूलाई डिजिटल कर्जा प्रदान गरिनेछ । सहकार्यको विषयमा जानकारी दिँदै डिभी एक्सिलसका निर्देशक प्रधानले भने, ‘सरल डिजिटल प्रक्रियाका माध्यमबाट किसानलाई सहजै वित्तीय पहँुच प्राप्त गर्न सहकार्य महत्वपूर्ण हुन्छ ।’ डिभी एक्सिलसले खेती एपमा १० हजारभन्दा बढी किसानहरू, ३ हजारभन्दा बढी उपभोक्ता तथा सयभन्दा बढी रेस्टुरेन्ट र होटेलहरू आबद्ध गरिसकेको छ ।