मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १६ शनिबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १६ शनिबार o८:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलकुद मन्त्रालयले विवाद छानबिन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १६ शनिबार o८:१८:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रालयसमक्ष छानबिन गर्ने अनुरोध गरेको छ । एन्फाको शुक्रबार बसेको कार्यसमितिको आकस्मिक बैठकले प्रशिक्षकले सामाजिक सञ्जालमा दिएको राजीनामा प्रकरणका लागि छानबिन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

यसै साता राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले आफू एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको बताएका थिए । उनले सामाजिक सञ्जालबाटै पदबाट राजीनामा दिन एन्फा गएको जानकारी दिएका थिए । तत्कालै एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूमाथि षड्यन्त्र भएको र यसको छानबिन हुनुपर्ने माग राख्दै एन्फामा निवेदन दिएका थिए । प्रशिक्षकले पनि बिहीबारै छानबिन हुनुपर्ने मागसहित निवदेन प्रस्तुत गरे । 

एन्फाले यही विवाद र अन्य विविध विषयमा निर्णय गर्न शुक्रबार आपत्कालीन रूपमा कार्यसमितिको बैठक डाकेको हो । एन्फाले आकस्मिक कार्यसमितिको बैठकले घटनाको उच्चस्तरीय छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले बताएका छन् । 

‘घटनाको निष्पक्ष छानबिन सर्वोच्च निकायबाट होस् भने मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ,’ एन्फाका एक पदाधिकारीले भने, ‘अहिलेसम्म प्रशिक्षकले लिखित रूपमा हामीलाई राजीनामा दिएका छैनन्, उनले केवल सामाजिक सञ्जालमा मात्र राजीनामा दिएका हुन् ।’