
जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको निर्वाचन तय गरेको छ। आज बसेको कार्यकारिणी समितिको बैठकले शनिबारका लागि संसदीय दलको नेता छान्ने निर्णय गरेको हो।
संसदीय दलको नेता सहमतिमा चयन गर्ने तयारीमा जसपा छ। आजको बैठकले नवराज सुवेदीलाई उजुरी छानबिनको जिम्मेवारी दिएको छ भने अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाई तोकेको छ।