मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Saturday, 12 July, 2025
२o७८ श्रावण १४ बिहीबार १७:३४:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

पतिसँग अलग भइन् मिया खालिफा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १७:३४:oo

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेको घोषण गरेकी छिन् । पूर्व एडल्ट स्टार खलिफाले दुई वर्ष पहिले रोबर्ट सेन्डबर्गसँग विवाह गरेकी थिइन् । उनले आफ्नो विवाहको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । 

दुई वर्षमा उनीहरूको सम्बन्धमा उतारचढाव आइरहे । अहिले भने दुवैले अलग हुने निर्णय गरेका छन् । खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फतै दिएकी छिन् । मियाले लेखेकी छिन्, ‘पूरै यकिनसाथ यो भन्न सक्छु कि हामीले वैवाहिक सम्बन्धलाई बचाउन निकै कोसिस ग¥यौँ । करिब एक वर्षको थेरापी र कोसिसपछि थाहा भयो कि हाम्रो एक–अर्काप्रतिको भावना सकिएको छ ।’ 

उनले अगाडि लेखेकी छिन्, ‘हामी सधैँ एक–अर्कालाई प्रेम र सम्मान दिइरहनेछौँ । किनभने हाम्रा ब्रेकअप कुनै घटनाको कारणले भएको होइन, तर विवाद भने निकै भएको थियो । साथै हामीले एक–अर्कालाई आरोप पनि लगाउने छैनौँ ।’ 

खालिफाले सन् २०१४ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन् । यसपछि उनी परिवारबाटै टाढा भएकी थिइन् । सन् २०१६ मा उनले पोर्न उद्योग छाडेकी थिइन् । उनले सन् २०१९ मा रोबर्टसँग विवाह गरेकी थिइन् ।