१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १३ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १३ बुधबार २३:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवीन्द्र मिश्रलाई मिलन पाण्डेको जवाफ : ढुक्क हुनुहोस् देशले प्रतिगमन स्वीकार्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १३ बुधबार २३:१२:oo

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले देशले फेरी प्रतिगमन नस्वीकार्ने बताएका छन्। पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने दस्तावेज सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन्।

पाण्डेले आफूलाई धेरै अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोधेको बताउँदै सामाजिक संजालमा भनेका छन्, 'यो पार्टीको स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमसहितको दस्तावेज आउनेछ, अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ। ढुक्क हुनुहोस्, पार्टीले अनी देशले प्रतिगमन स्वीकार्ने छैन। फेरी देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन। समाजलाई विभाजित गर्ने छैन।'

देशलाई फेरी व्यवस्था परिवर्तनको नाउँमा २०-२५ वर्ष पछाडि धकेल्न नसकिने उनले बताएका छन्। 'त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन', उनले भनेका छन्।

रवीन्द्र मिश्रले 'मार्ग परिवर्तन : विचारभन्दा माथि देश' दस्तावेज सार्वजनिक गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेका थिए।