मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १२ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १२ मंगलबार १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारमा सहभागिताबारे प्रचण्ड र माधव नेपालबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १२ मंगलबार १२:५७:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेटेका छन्। नेपाललाई भेट्न प्रचण्ड आज कोटेश्वर पुगेका थिए। स्रोतका अनुसार भेटमा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । प्रचण्डले यसअघि पनि नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्।

नेता नेपाललाई भेटेलगत्तै प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। देउवासँग उनले सरकार विस्तारको विषयमा छलफल गरेका थिए। यस्तै, सरकारका साझा कार्यक्रम तय गर्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो।