मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ११ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ११ सोमबार १८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल पक्षधर स्थायी कमिटी बैठकको निर्णय : पार्टी एकता सफल पारौँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ११ सोमबार १८:३८:oo

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । नेपाल पक्षको आइतबार र सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुंगोमा पु¥याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको छ । 

बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गरेको छ । ‘पार्टी एकताका लागि भएका प्रयासहरू धेरै हदसम्म सकारात्मक छन् । ती प्रयासहरूलाई छिटो टुंगोमा पु¥याउनका लागि थप प्रयास गरौँ भन्ने कुरा भयो । सबैै नेताहरूले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन ।’ नेता रघुजी पन्तले बैठकपछि सञ्चारकर्मीसँग भने ।

बैठकले ओली र नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शीर्ष नेताहरूलाई भेटघाटका लागि आग्रह गरिएको पनि पन्तले जानकारी दिए । पार्टीलाई एकताबद्ध बनाउँदैै देशव्यापी रूपमा सशक्त ढंगले अघि बढन आफूहरू तयार रहेको उनले बताए ।