१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १० आइतबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १० आइतबार १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालप्रति ओलीको कटाक्ष : विपक्षी मोर्चासँग गजक्क परेर बस्न लाज पनि नहुने !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १० आइतबार १५:o४:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका केही नेता प्रतिक्रियावादीको पुच्छर भएर हिँडेको आरोप लगाएका छन्। प्रतिक्रियावादीसँग मिलेर सरकार ढालेको र पार्टी फुटाएको उनले बताए।  ‘त्यस्ता तत्वहरूको पछि लागेर आन्दोलन र आफ्नो भविष्य कमजोर नपार्नुस् साथीहरू पार्टीमा फर्किनुस् पार्टीले क्षमा गर्छ,’ अनेमसंघको भर्चुअल बैठकमा बोल्दै ओलीले भने, ‘साथीहरू जे गल्ती गर्नुभयो गर्नुभयो पार्टीमा फर्किनुस् । पार्टीमा फर्कने साथीहरूलाई यी अपराध कर्मको कमिटीले माफी दिन्छ।’ 

माधव नेपाल पार्टी, कमिटीभन्दा माथि हुन खोजेको आरोप लगाए। ‘एकजनाले भनेछन् महाराज खुसी भए अरे, माफी दिन्छ अरे, महाराजले हामीलाई भन्दै खिल्ली उडाए। उनी अपराध गर्न सक्ने पार्टीसँग गल्ती भयो भन्न नसक्ने,’ ओलीले नेपालप्रति कटाक्ष गर्दै भने।

नेपाल आफूलाई एमाले भन्दै विपक्षी मोर्चाको गठबन्धमा सामेल हुँदै पार्टीमा यो चाहियो, ऊ चाहियो भन्ने गरेको भन्दै आक्रोश व्यक्त गरे। ‘एमालेलाई कसरी उठ्न नदिने भनेर षड्यन्त्र गर्न बालुवाटार पुगेर विपक्षी मोर्चामा गजक्क परेर बस्न लाज पनि नहुने। बाहिर निस्केर मैले एमाले छोडेको छैन, एमाले नै हुँ नि भन्न लाज पनि नहुने । यो निर्लज्ज स्थतिबाट पार्टी र आन्दोलनलाई मुक्त गर्नुपर्छ। यो लामो समय यसरी चल्न सक्दैन,’ ओलीले भने।