मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७८ श्रावण ९ शनिबार १७:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमदत्त राजमार्ग ११ घन्टादेखि अवरुद्ध, यात्रु अलपत्र 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७८ श्रावण ९ शनिबार १७:५४:००

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोका कारण ११ घन्टादेखि अवरुद्ध भएको छ । डडेल्धुरास्थित आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

पहिरो नरोकिएकाले राजमार्ग खुलाउन समस्या भएको प्रहरीले बताएको छ । यद्यपि, पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । 

राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका हुन् । सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रमुख राजमार्ग भीमदत्त जोखिम पूर्ण बन्दै गएको सरोकारवालाहरूले बताएका छन् । रार्जमार्गको मोड सुधार योजनाका कारण पटक–पटक पहिरो जाने गरेको छ ।