मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ९ शनिबार ०९:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हास्य कलाकार 'चम्सुरी'ले पाइन् मिर्गाैला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ९ शनिबार ०९:३३:००

दुवै मिर्गाैलामा समस्या भएर महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले मिर्गाैला पाउने भएकी छिन् । नेपालमा मिर्गाैला प्रत्यारोपण गर्नका लागि हाडनाता चाहिने कानुन भएकाले डंगोललाई मिर्गाैला प्रत्यारोपणका लागि समस्या उत्पन्न भएको थियो ।

डंगोलका भाइ राजु डंगोलका अनुसार नेपालमा मिर्गाैला प्रत्यारोपण गर्न हाडनाता चाहिने भएका कारण यतै उपचार हुने कि नहुने परिवार दाेधारमा थियो । 

डंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएका थिए । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गाैला खोजी सुरु गरिएको थियो । पल्पसाका भाइ राजुले भने, ‘अहिले हामीले दिदीका लागि मिर्गाैला पाइसकेका छौँ । चार–पाँचजनाले दिने भनेर आउनुभएको छ ।’

तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ । दुई दिनपछि आउने रिपोर्टले कसको मिर्गाैला प्रत्यारोपण गर्ने भनेर फाइनल हुने उनले बताए । 

घरमै बसिरहेका वेला श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी डंगोलको तब मात्रै दुवै मिर्गाैलाले काम गर्न छाडेको रिपोर्ट डाक्टरहरूले निकालेका थिए । विगत १५ वर्षदेखि मिर्गाैलाको समस्याबाट डंगोल पीडित थिइन् ।