१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ८ शुक्रबार १५:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड र माधव नेपाललाई वैद्यको प्रस्ताव : प्रधानमन्त्रीको लोभ छोड्नुस्, संसद् र सडकका कम्युनिस्ट मिलेर क्रान्ति गराैँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १५:२७:oo

नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने मोह त्यागेर कोर्स चेन्जको बाटो रोज्न प्रस्ताव गरेका छन्।

‘यहाँ सबै कम्युनिस्ट पार्टी मिल्ने भन्नुभो। तर, मेरो विचार के हो भने, संसद् र सरकारमा जाने र सडकमा रहने कम्युनिस्टहरूले एउटा–एउटा काम गरौँ, तालमेल गरौँ, सरकारमा भएकाले सडकमा भएकाहरूलाई दमन गर्नुभएन । ए–अर्कासँग कार्यगत एकता गरेर राम्रैसँग अगाडि बढ्न सकिन्छ,’ वैद्यले भने, ‘प्रचण्डजी यहाँ आउनुभएन, माधवजी हुनुहुन्छ, तपाईंहरूले कोर्स चेन्ज गर्नुस्, यही संसद् पक्रेर कतिपटक प्रधानमन्त्री हुने ? प्रधानमन्त्री बन्ने लोभ छोड्नुस्, देश र जनताको हित सोच्नुस्। सकिन्छ भने कोर्स चेन्ज गरेर सबैलाई क्रान्तिकारी बनाऊँ, सकिन्न भने सडकमा भएका कम्युनिस्टबीच तालमेल गरेर क्रान्ति गरौँ ।’ 

उनले कम्युनिस्ट पार्टीहरूको अबको बाटो यही संसदलाई बचाएर सबै कम्युनिस्ट मिलेर चुनाव लड्ने भन्ने हो भने आफूहरू सहमत हुन नसक्ने बताए। ‘संसद्का लागि लड्ने होइन, तर संसद् चिरिञ्जीवी भएर समस्याको समाधान हुँदैन।’

उनले कम्युनिस्ट पार्टीहरूमा संसदवादी, क्रान्तिकारी र मध्यपन्थी संशोधनवादी तीनवटा धार रहेको बताए। डबल नेकपा संसदवादी भएकाले सैद्धान्तिक हिसाबले फुट्नुको कुनै कारण नरहेको धारणा राख्दै उनले केपी ओलीमा कार्यशैलीगत समस्या र नेताहरूको टकराव र इगोका कारण फुटे पनि मिल्न सुझाब दिए। 

क्रान्तिकारी धारका नयाँ जनवादी व्यवस्था, वैज्ञानिक समाजवादी व्यवस्था मान्ने कम्युनिस्ट धार कमजोर भए पनि मिल्ने कोसिस गर्दा पनि आफूहरू पनि अझै सफल नभएको वैद्यको भनाइ थियो।