मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ७ बिहीबार
  • Friday, 11 July, 2025
एजेन्सी बेइजिङ
२o७८ श्रावण ७ बिहीबार १२:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

वुहानमा अनुसन्धान गर्ने डब्लुएचओको प्रस्ताव चीनद्वारा अस्वीकार, राजनीतिक पूर्वाग्रहबाट मुक्त हुन आग्रह

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
नयाँ पत्रिका बेइजिङ
२o७८ श्रावण ७ बिहीबार १२:४५:oo

चीनले कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन वुहानमा पुनः अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रस्ताव अस्वीकार गरिदिएको छ। चीनको राज्य सूचना परिषद्को सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री जेङ यिसिङले डब्लुएचओको प्रस्तावलाई अवैज्ञानिक भएको प्रतिक्रिया दिए।

कोरोना भाइरस वुहान सहरको प्रयोगशालामा बनाइएको भन्ने अफवाहको आधारमा यसअघि नै अनुसन्धान गरिसकेको स्थानमा पुनः निरीक्षण गर्ने डब्लुएचओको प्रस्तावले आफूहरू अचम्मित भएको उपमन्त्री यिसिङलाई उदृत गर्दै अलजजिराले जनाएको छ। गतहप्ता डब्लुएचओका प्रमुख टेड्रोस एडनोम घेब्रियससले दोस्रो चरणको अनुसन्धानका लागि चीनले वुहान प्रयोगशालाको अडिट रिपोर्ट पनि उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका थिए।

‘यो भाइरसको उत्पत्ति पत्ता लगाउनु वैज्ञानिक अभ्यास हो । यसलाई राजनीतिबाट टाढा राख्नुपर्छ। त्यसका लागि चीनले पारदर्शिताको भावनाले यससँग सम्बन्धित सबै तथ्यांकहरू उपलब्ध गराउँछ भन्ने हामी आशा गर्छौँ,’ गत हप्ताको भेटमा घेब्रियससले भनेका थिए।

गत जनवरीमा डब्लुएचओका विज्ञ र चिनियाँ अधिकारीहरूले कोरोना भाइरसको उत्पत्ति भएको ठानिएको वुहान सहरमा अनुसन्धान गरेका थिए। सो क्रममा डब्लुएचओले वुहानको प्रयोगशालामा भाइरस बनाएको कुनै आधार नभेटिएको, तर भाइरस चमेरोबाट अन्य जनावर हुँदै मानिसमा सरेको प्रबल सम्भावना रहेको निष्कर्ष निकालेको थियो।

भाइरसको उत्पत्तिको विषयमा डब्लुएचओले पुनः अनुसन्धान गर्ने प्रस्ताव गरेपछि चीनले यसअघिको प्रतिवेदनको समीक्षालाई गम्भीर रूपमा लिन भनेको छ। चिनियाँ स्वास्थ्य आयोगका उपमन्त्री जेङ यिसिङले कोरोना भाइरस उत्पत्तिको विषयलाई वैज्ञानिक हिसाबले हेर्न र राजनीतिक पूर्वाग्रहबाट मुक्त हुन डब्लुएचओसँग आग्रह गरेका छन्।