मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Saturday, 29 August, 2026
एजेन्सी
२o७८ श्रावण ६ बुधबार १२:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एसिया प्रशान्त क्षेत्रमा बेलायतले दुई युद्धपोत तैनाथ गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार १२:३२:oo

बेलायतले एसिया प्रशान्त क्षेत्रमा स्थायी रूपमा दुईवटा युद्धपोत तैनाथ गर्ने घोषणा गरेको छ। यस क्षेत्रमा चिनियाँ प्रभाव कम गर्ने उद्देश्यले अमेरिका, बेलायत र जापानले आफ्नो सैन्य गतिविधि बढाएका छन्।

‘प्रतिरोधी समूहको कदमलाई पछ्याउँदै बेलायतले यो वर्षको अन्त्यसम्म यस क्षेत्रमा स्थायी रूपमा दुई युद्धपोत तैनाथ गर्नेछ,’ बेलायतका रक्षामन्त्री बेन वालेन्सले मंगलबार जापानमा आयोजित एक कार्यक्रममा भने।

बेलायतको यो निर्णयको अमेरिकाले स्वागत गरेको छ। एक विज्ञप्ति जारी गर्दै पेन्टागनका प्रवक्ताले भने, ‘एसिया प्रशान्त क्षेत्रमा नेविगेसन स्वतन्त्रता र नियममा आधारित व्यवस्थाको समर्थन र सहकार्य गर्ने मित्रराष्ट्रहरूको अन्तरसम्बन्धित सञ्जालप्रति बेलायतको प्रतिबद्धताको स्वागत गर्छौँ।’

वालेन्सले आतंकवादसँग लड्नका लागि बेलायतले भविष्यमा लिटोरल रेस्पोन्स ग्रुप (तालिम प्राप्त जलसेना) परिचालन गर्ने पनि बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।