मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण ६ बुधबार ०८:३२:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बागमती प्रदेशमा ३० प्रतिशत बजेट फ्रिज

Read Time : < 1 मिनेट
२०७८ श्रावण ६ बुधबार ०८:३२:००

बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष ०७७/७८ मा छुट्याएको बजेटमध्ये ३० प्रतिशत रकम फ्रिज भएको छ । ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिएको बागमती सरकारले गत आवमा ३५ अर्ब ८८ करोड ४४ लाख गर्दा १५ अर्ब ५४ करोड फ्रिज भएको हो ।

बागमती सरकारले गत आवका लागि ५१ अर्ब ४२ करोड ७४ लाख बजेट विनियोजन गरेको थियो । कुल विनियोजित बजेटमध्ये चालूगततर्फ १४ अर्ब ४१ करोड (६५.७१ प्रतिशत), पुँजीगततर्फ २० अर्ब ७ करोड (७३ प्रतिशत) र वित्तीयतर्फ १ अर्ब ४० करोड (७० प्रतिशत) खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।  
बजेट खर्च बढाउन असार मसान्तमा मात्र १३ अर्ब खर्च
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार बागमती सरकारले असारमा मात्र १३ अर्ब ६० करोड खर्च गरेको छ । आर्थिक वर्ष सकिनुअघि जेठ मसान्तसम्म ४६ प्रतिशत मात्र बजेट खर्चिएको प्रदेश सरकारले असार एक महिनामा कुल खर्चको २४ प्रतिशत रकम खर्चेको हो । असारमा मात्र पुँजीगततर्फ ८ अर्ब ९३ करोड र चालूगततर्फ ३ अर्ब २७ करोड खर्च गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिए ।

बागमती प्रदेश सरकार गठनपछि गत आवको फ्रिज रकम हालसम्मकै सबैभन्दा कम हो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार अघिल्लो आव ०७५÷७६ मा ३९ प्रतिशत फ्रिज भएको थियो । त्यस्तै, आव ०७६÷७७ मा ४२ प्रतिशत रकम फ्रिज भएको तथ्यांक छ ।