Skip This
ad
लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:२८:oo

नेप्सेमा ९ अंकको करेक्सन

मंगलबार नेप्सेमा ९ अंकको करेक्सन भएको छ । नयाँ आर्थिक वर्षपछि अघिल्लो २ कारोबार दिन सकारात्मक बनेको नेप्से मंगलबार करेक्सन भएको हो । मौद्रिक नीतिको पखाईमा रहेका लगानीकर्ता सक्रिय नहुँदा नेप्से पुनः करेक्सनतर्फ गएको लगानीकर्ता बताउँछन् । मंगलबार कारोबारमा आएका ८ समूहका सूचक नकारात्मक बनेका छन् भने ५ समूहका सूचक सकारात्मक बनेका छन् । फाइनान्स र निर्जीवन बिमा समूहका लगानीकर्ताले घाटा व्यहोरेका छन् । त्यस्तै, म्युचुअल फन्डमा लगानीकर्ताको आकर्षण बढ्दा यो समूह ६ दशमलव २५ प्रतिशतले बढेको छ ।

त्यस्तै, होटेल तथा पर्यटन समूहका लगानीकर्ताले पनि नाफा आर्जन गरेका छन् । पछिल्लो समय कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम सुरु भएको र राजनीतिक अन्योल पनि सकिएका कारण बजारले करेक्सनपछि पुनः लय समात्न सक्ने लगानीकर्ता दाबी गर्छन् ।

सुधारोन्मुख रहेको कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार र सोमबार बढेको नेप्सेमा कारोबार अघिल्ला दिनहरूका तुलनामा केही सुधारात्मक आए पनि मंगलबार कारोबार रकम घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १९ कम्पनीको ३ करोड १६ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ७ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै अरुण काबेली पावरको ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको २७ करोड रुपैयाँ, नेपाल इस्योरेन्स कम्पनीको २४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआइसी एसिया बैंकको २३ करोड ४९ लाख रुपैयाँ, कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्से परिसूचक ९ दशमलव ०१ अंकले घटेर २ हजार ९ सय ८५ दशमलव ५७ बिन्दुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ८२ अंकले घटेर ५ सय ५८ दशमलव ११ बिन्दुमा पुगेर बन्द भएको छ । लक्ष्मी उन्नत कोष र लक्ष्मी इक्विटी फन्डको १० प्रतिशतले सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । वरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो, ग्लोबल आइएमई समुन्नत स्किमका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन् ।  

ad
ad