१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७८ श्रावण ५ मंगलबार ०८:४८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टोकियो ओलम्पिक : पदाधिकारीलाई खुकुलो, खेलाडीलाई कडा नियम

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ श्रावण ५ मंगलबार ०८:४८:००

गृष्मकालीन टोकियो ओलम्पिक आगामी शुक्रबारदेखि सुरु हुँदै छ । आयोजक कमिटीले ओलम्पिकको तयारी अन्तिम चरणमा पुगेको बताइसकेको छ । तर, धेरैजसो अन्तर्राष्ट्रिय मिडियाले जापानद्वारा निकै हतारमा ओलम्पिक आयोजना गर्न लागेको आरोप लगाएका छन् । निर्धारित समयभन्दा एक वर्षपछि हुन गइरहेको ओलम्पिकको तयारी सोचेजस्तो नभएको उनीहरूको आरोप छ ।

कोरोना भाइरस महामारीका रूपमा नफैलिएको भए टोकियो ओलम्पिक गत वर्ष नै हुन्थ्यो । महामारीको असरलाई नै मध्यनजर गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आयोजक जापानले प्रतियोगिता एक वर्षपछि गर्र्ने सहमति गरेका हुन् । यद्यपि, जापानको टोकियो सहर अहिले पनि कोरोनाको जोखिम लिस्टमै छ ।

कोरोना संक्रमित दिनदिनै बढिरहेका कारण जापान सरकारले टोकियोमा कडा नियम लागू गरेको छ । कोरोना संक्रमणको अति नै जोखिम भएको अवस्थामा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गर्दा देशलाई आर्थिक भर पर्ने भन्दै आन्दोलनसमेत भइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न खेल भेन्यु अगाडि ओलम्पिक रोक्न माग गरिरहेका छन् । 

अर्कोतिर आयोजक कमिटीले ओलम्पिकमा सहभागी हुन आउनेहरूलाई एउटै नियममा नराखेको अन्तर्राष्ट्रिय मिडियाको आरोप छ । आयोजक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)सँग आबद्ध अन्य देशका ओलम्पिक कमिटीका पदाधिकारीलाई टोकियोस्थिति पाँचतारे होटेल ओकुरामा राखेको छ । ती पदाधिकारीले डबल स्टयान्डर्डका सुविधा प्राप्त गरेका छन् । उनीहरूले कोरोनाको प्रोटोकलसमेत खासै पालना नगराएको आरोप छ ।

आयोजक कमिटीले ओलम्पिकमा सहभागी हुन आउनेहरूलाई एउटै नियममा नराखेको अन्तर्राष्ट्रिय मिडियाको आरोप छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)सँग आबद्ध अन्य देशका ओलम्पिक कमिटीका पदाधिकारीलाई पाँचतारे होटेलमा डबल स्टयान्डर्ड सुविधा दिएर राखेको छ । उनीहरूले कोरोनाको प्रोटोकलसमेत खासै पालना नगराएको आरोप छ ।

आइओसी र अन्य ओलम्पिक कमिटीका पदाधिकारी स्वतन्त्र रूपमा जहाँ पनि जान सक्छन् । तर, खेलाडी, अफिसियल तथा प्रशिक्षक नियमभित्र बस्नुपर्ने बाध्यता छ । टोकियो ओलम्पिक आयोजक कमिटीले नै जारी गरेको नियमअनुसार खेलाडी एथलेटिक्स भिलेजमै बस्नुपर्ने, त्यहाँबाट बाहिर आउन नहुने र भिलेजभित्रकै हलमा खाना खानुपर्ने व्यवस्था छ ।

ब्रेकफास्ट, लन्च तथा बेलुकाको खाना खानु १५ मिनेटअघि तयार हुनुपर्छ । आयोजकले उनीहरूलाई आ–आफ्नो समयअनुसार खाना खान निर्देशन दिएको छ । तर, डेलीमेलले खेलाडी एथलेटिक्स भिलेजको मुख्य हलबाहिर लाइनमै बसी खाना खाइरहेको तस्बिर सोमबार पोस्ट गरेको छ । तस्बिरमा खेलाडीहरूले  कोरोनासम्बन्धी स्वास्थ्य प्रावधान पालन नगरेको प्रस्ट देखिन्छ । 

एथलेटिक्स भिलेजमै तीन दिन क्वारेन्टिनमा बस्नुपर्ने खेलाडीहरूसमेत बाहिर खुला रूपमा खानपिन गरिरहेको समाचामा उल्लेख छ । आयोजकले कोरोनासम्बन्धी नियम सार्वजनिक गरे पनि त्यसलाई शतप्रतिशत लागू नगरेको बेलायती मिडियाहरूले जनाएका छन् । ओलम्पिकमा सहभागी हुन आएका खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजरले बिहानको खानाका लागि थुप्रै समय बिताएको डेलीमेलले जनाएको छ । जसका कारण डाइनिङ हल बाहिर भिडभाड देखिन्थ्यो ।

पत्रकारलाई सटल बसको व्यवस्था छैन
ओलम्पिक खेलबारे समाचार संकलन गर्न विभिन्न अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधि टोकियो पुगिसकेका छन् । यसअघि आयोजक कमिटीले नै ओलम्पिकमा आउने पत्रकारहरूलाई सटल बसको व्यवस्था गथ्र्यो । यही सटल बसमै सवार भएर पत्रकारहरू विभिन्न खेल स्थलमा पुग्थे । तर, यसपटक टोकियो पुगेका पत्रकारहरूलाई खेल भेन्युहरू जाने–आउने सटल बसको व्यवस्था गरिको छैन ।

आयोजकले केवल होटेलदेखि मिडिया सेन्टरसम्म मात्र बसको व्यवस्था गरेको छ । आयोजकले कोरोनाको जोखिम न्यूनिकरण गर्न र भौतिक दूरी कायमका लागि पत्रकाहरूलाई पर्याप्त बस व्यवस्था नगरेको जनाएको छ । अहिले नै सबैजसो सटल बस बुक भइसकेका छन् । यद्यपि टोकियो ओलम्पिकका लागि थप पत्रकार आउने क्रम जारी छ । ‘हामीले सामाजिक दूरी कायम गर्न मिडियालाई कम बसको व्यवस्था गरेका हौँ, यो अहिले नै बुक भइसकेको छ,’ आयोजक कमिटीले भनेको छ ।