मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २ शनिबार १८:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न देउवाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २ शनिबार १८:३०:००

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएका छन् । घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसमेतका व्यक्तिहरूसँग २४ घन्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीन दिनभित्र कारबाहीको टुंगो लगाउन देउवाले अनुशासन समितिलाई निर्देशन दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौलासहित शनिबार बसेको पदाधिकारी बैठकमा भएको छलफल एवं परामर्शपछि देउवाले कारबाहीको निर्देशन दिएका पौडेलले जानकारी दिए । पौडेलका अनुसार क्रियाशील सदस्यता छानबिन समितिले पेस गरेको निर्णयबमोजिमको पत्रअनुरूप कारबाही गर्न देउवाले भनेका छन् ।