जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठकुर पक्षमा विद्रोह भएको छ। ठाकुर पक्षका पाँच सांसद उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन्।
पार्टी कार्यालय बालकुमारीमा बसिरहेको जसपा संसदीय दलको अनौपचारिक बैठकमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको बैठमा ठाकुर पक्ष छोडेर आउने सांसदमा प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाज सहभागी भएका हुन्।
ठाकुर पक्ष केपी ओली सरकारमा सहभागी भएपछि जसपामा विभाजनको सँघारमा पुगेको थियो । उनीहरू आफ्नो पक्षमा आएपछि संसदीय दलमा बहुमत पुगेको उपेन्द्र-बाबुराम पक्षको दाबी छ ।
जसपा विवादबारे निर्वाचन आयोगले इजलाससमेत गठन गरेको छ। आयोगले गठन गरेको इजलास आइतबार बस्दै छ। उनीहरू आफ्नो पक्षमा आएपछि संसदीय दलमा बहुमत पुगेको उपेन्द्र-बाबुराम पक्षको दाबी छ।