मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १ शुक्रबार
  • Friday, 22 November, 2024
हुसेन केस्वानी
२o७८ श्रावण १ शुक्रबार o९:o४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इन्टरनेटको दुनियाँलाई नश्लभेदले गाँजेको छ

Read Time : > 2 मिनेट
हुसेन केस्वानी
नयाँ पत्रिका
२o७८ श्रावण १ शुक्रबार o९:o४:oo

सामाजिक सञ्जालमा परिचयको अनिवार्यताले खुल्लमखुला नश्लभेदी गालीगलौजलाई कम गर्नेछ

जीवनको ठूलो हिस्सा अनलाइन संसारमा बिताएको एक अश्वेतका नाताले मैले आफ्नो हिस्साको नश्लीय गालीगलौज पर्याप्त मात्रामा भोगेको छु । छद्म एकाउन्टधारीका उल्लेखै गर्न नमिल्ने नश्लभेदी टिप्पणीदेखि सजिलै पहिचान गर्न सकिने फेसबुक–ट्विटर प्रयोगकर्ताहरूका हत्यासम्मको धम्की नियमितजसो व्यहोरिरहेको छु । यस अर्थमा म नश्लीय गालीगलौज सहने मामिलामा औसतभन्दा अगाडि छु । नश्लीय गालीगलौजको पराकाष्ठा नाघेकाहरूसँग के कारणले उनीहरूले मलाई दुव्र्यवहार गर्छन् बुझ्नसमेत प्रत्यक्ष भेटेको छु ।   

नश्लीय दुर्व्यवहार र गालीगलौजहरू निकै भद्दा र डरलाग्दा हुन्छन् । यहाँसम्म कि ब्लक र रिपोर्ट गरेको लामो समयसम्म पनि उनीहरूले पठाएको पोस्ट, सन्देश र इमेलहरू मेरो मानसपटलबाट सजिलै हट्दैनन् । इन्टरनेट वृत्तमा अश्वेत प्रयोगकर्ता अपमानित हुनु नौलो होइन । यस्तो भोगाइ मुख्यतः सामाजिक सञ्जालको सघनता बढ्दा सतहमा आउँदै जान्छन् र तिनले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवनलाई नै परिवर्तन गरिदिन्छ । तपाईं जतिसुकै निष्क्रिय रहनुस् तर नश्लीय गालीगलौज र दुव्र्यवहारबाट जोगिन सक्नुहुन्न ।  

हालै युरो कप २०२० को फाइनलमा हार्दा सामाजिक सञ्जालहरूका भित्ताहरूमा इंग्ल्यान्डका अश्वेत खेलाडीहरूमाथि नश्लीय टिप्पणीको ओइरो लागे । यस सन्दर्भमा सामाजिक सञ्जाल प्रयोग गर्न परिचय अनिवार्य गर्नुपर्ने माग चर्काेसँग आइरहेको छ ।

इन्टरनेटमा छद्म पहिचानलाई बन्द गर्न पाँच लाखभन्दा बढी मानिसहरूले याचिकामा हस्ताक्षर गरेका छन् भने बेलायतको प्रविधि सम्बन्धित संस्था चार्टर्ड इन्स्टिच्युट फर इन्फर्मेसन टेक्नोलोजीले परिचयको अनिवार्यताका लागि सांसदहरूको सहयोग खोजेको छ 

गत आइतबारयता इन्टरनेटमा छद्म पहिचानलाई बन्द गर्न पाँच लाखभन्दा बढी मानिसले याचिकामा हस्ताक्षर गरेका छन् भने बेलायतको प्रविधि सम्बन्धित संस्था चार्टर्ड इन्स्टिट्युट फर इन्फर्मेसन टेक्नोलोजीले परिचयको अनिवार्यताका लागि सांसदहरूको सहयोगसमेत खोजेको छ । यद्यपि, इन्टरनेट गुमनामीपनको अन्त्यको माग यो वर्षको सुरवातमै आएको हो । जब अश्वेत खेलाडीहरू लक्षित दुर्व्यवहार सामाजिक सञ्जालमा छरपस्टिय, यो माग थप जोडदार रूपले अघि आएको छ । छोरा हार्वीले अनलाइन हिंसा भोगेपछि मोडेल क्याटी प्राइसले अनलाइन सुरक्षाका लागि इन्टरनेट गुमनामीपनलाई हटाउन सांसदहरूलाई आग्रह गरेकी थिइन् ।  

सामाजिक सञ्जालमा परिचय खुलाउँदा सञ्जाल प्रयोगकर्ताहरू आफूले लेखेको र बोलेको कुरामा जवाफदेही हुने तर्क गरिएको छ । यो तर्क निःसन्देह गलत छैन, यद्यपि परिचय प्रमाणित गराउने प्रस्तावहरू दीर्घकालीन समाधान भने होइनन् । परिचय प्रामाणिकताले सामाजिक सञ्जाल उद्योगहरूलाई झन् शक्तिशाली बनाउनेछ । पहिलो त अधिकांश सामाजिक सञ्जालले सेवाहरू उपलब्ध गराउँदा व्यक्तिगत पहिचानको माग गर्छन् । उदाहरणका लागि फेसबुकले साइन अप गराउँदा वास्तविक नाम र फोन नम्बरको माग गर्छ र आवश्यकताअनुसार अरू परिचय प्रमाण पनि मागिन्छ । बेलायत वा अमेरिकाको सन्दर्भमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको वास्तविक परिचय राख्न बाध्यकारी व्यवस्था छैन, परिचय राख्ने सञ्जालहरूमा पनि दुव्र्यवहार र गालीगलौजहरूको कमी भने छैन ।

दोस्रो, बाध्यकारी परिचय प्रमाणले सामाजिक सञ्जालमा व्हिसटलब्लोअर (समाजमा अपराध वा भ्रष्टाचारको पोल खोल्ने व्यक्ति) देखि अल्पसंख्यकलगायतको ठूलो हिस्साका कमजोर प्रयोगकर्ताहरूलाई जोखिममा पार्न सक्छ । उसो त कन्जर्भेटिभ सांसद ड्याभिड ड्याभिसले सामाजिक सञ्जालमा तथाकथित समाजलाई हानि पुर्‍याउने सामग्री हटाउने विधेयक ल्याउने योजना अघि सारेका छन् । यस सन्दर्भमा बाध्यकारी परिचय प्रमाण बुझाउने प्रक्रियाले फरक मत राख्नेहरूलाई अपराधी बनाउने वा फरक मत दर्ज गर्ने ठाउँ नै बन्द हुने सम्भावना बढेर जान्छ । उदाहरणका लागि आप्रवासीहरू आफ्नो वासस्थानको दयनीय अवस्थाबारे बोल्न असमर्थ हुनेछन् । 

सबैभन्दा महत्वपूर्ण, अनिवार्य परिचय प्रमाणले केही नेताहरूलाई नश्लभेदी–रंगभेदीजस्ता समस्याको निराकरण भयो भनेर वास्तविक कारणलाई लत्याउन सहज हुने सम्भावना बढेर जान्छ । फेरि अनलाइन मञ्चहरूमा यस्तो किसिमको कडाइ गरिँदा बेलायतका अफलाइन मञ्च अर्थात् दैनिक पत्रिका, टेलिभिजनजस्ता आमसञ्चारका माध्यममा देखिने नश्लभेदलाई कसरी बुझ्ने ? यसबाट सामाजिक सञ्जालमा अनिवार्य परिचय प्रमाणको वकालत गर्नेहरूले नश्लभेदी व्यवहार छद्मभेषबाट हुने धारणा बनाउन सक्छन् । ममाथि सामाजिक सञ्जालमा छद्म प्रयोगकर्ताहरूले गर्ने अधिकांश नश्लभेदी दुव्र्यवहारहरूको कारण दक्षिणपन्थी पत्रिकाहरूले एसियाली मुसलमानहरूबारे लेख्ने झुटा समाचार हुन् ।     

(केस्वानी मेल म्यागजिन युके तथा युरोप संस्करणका सम्पादक हुन्) 
गार्डियनबाट