१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २७ आइतबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २७ आइतबार १४:३७:००

आन्दोलनरत पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलले संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् । 

७२ घन्टे अल्टिमेटममा मूल्यवृद्धि फिर्ता नभएकाले आन्दोलनका थप कार्यक्रम घोषणा गरिएको विद्यार्थी नेताहरूले बताएका छन् । २८ असारदेखि नेपाल आयल निगमका गाडीहरू चल्न नदिने, २९ असारमा पेट्रोलियम ढुवानी र बिक्री गर्ने, संगठनहरूलाई पेट्रोल पम्प र ट्यांकर सञ्चालन नगर्न अनुरोध गर्ने, ३० असारदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने कार्यक्रम विद्यार्थी संगठनले घोषणा गरेका छन् ।

संसद् पुनस्र्थापना हुने विश्वास पनि विद्यार्थी संगठनहरूले लिएका छन् ।