मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार २५ शुक्रबार १७:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ कारागारमा थुनुवा महिला मृत फेला

Read Time : < 1 मिनेट
२०७८ असार २५ शुक्रबार १७:५२:००

लमजुङ कारागारमा  एकजना थुनुवा महिला मृत फेला परेकी छन् ।  कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी ४८ वर्षीया फूलमाया विकको शुक्रबार बिहान करिब ४:३० बजे झुन्डिएको अवस्थामा शव फेला परेको  हाे । 

उनको शव शौचालयको देवलमा तन्ना बाँधेर झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर जगदीश रेग्मीले बताए  । फुलिङगिरीका सात वर्षीय बालकलाई ऐना फुटाएको निहुँमा कुटपिट गर्ने क्रममा बालकको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि उनी वैशाख २४ देखि पुर्पक्षका लागि लमजुङ कारागारमा थुनामा थिइन् । 

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा रहेकी महिलाले आत्महत्या  गरेको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् । उनको शव पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइसकेको प्रहरीले जनाएको छ । ३५ जनाको क्षमता रहेको लमजुङ कारागारमा ८९ जना कैदीबन्दी रहेकोमा फूलमायासहित कारागारमा १० जना महिला कैदीबन्दी थिए ।