१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २५ शुक्रबार १४:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनमा प्रधानमन्त्रीको मौनताप्रति कांग्रेसको चिन्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २५ शुक्रबार १४:१४:००

बिपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधानमा पहल नगरेको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ ।  

शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीले प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष र शून्य भूमिकामा बसेर गैरजिम्मेवार बनेको आरोप लगाएको छ । कोभिड महामारी चलिरहेको वेला स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिकसमेतलाई गम्भीर असर पुगिरहेको छ भन्नेसमेत नहुनु दुःखद भएको जनाएका छन् । 

विज्ञप्तिमा लेखिएको छ, ‘प्रतिष्ठानभित्र अनेकन बेथिति र अराजकता रहेको विवरण पटक–पटक सार्वजनिक भएका छन् । ढाकछोप होइन, त्यसको आवश्यक उपचार जरुरी छ । प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरूको भावनामा चोट पुर्‍याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न । अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र  विद्यार्थीहरूसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्दछ ।’