१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २५ शुक्रबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका वीरेन्द्रनगर
२o७८ असार २५ शुक्रबार १२:५६:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णालीका १० जिल्लामा ४५ करोडका रंगशाला बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ असार २५ शुक्रबार १२:५६:oo

प्रदेश सरकारले ४५ करोड लागतमा कर्णाली प्रदेशका १० वटा जिल्लामा रंगशाला निर्माण गर्ने भएको छ । सरकारले प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रंगशालाका लागि एक–एक करोड रुपैयाँ विनियोजन गरिएको हो । 

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० कर्णालीमा आयोजना गर्नका लागि खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको प्रदेश खेलकुद विकास समिति सदस्य–सचिव विश्वामित्र संज्यालले बताए । ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली हुन लागेको छ,’ उनले भने, ‘अहिले त्यसको पूर्वाधार निर्माणको तयारी तीव्र पारिएको छ ।’ 

३५ करोड लागतमा बन्ने प्रदेश रंगशाला प्रदेश गौरवको आयोजना रूपमा सरकारले घोषणा गरेको सदस्यसचिव संज्यालले बताए । ‘सुर्खेतमा बन्ने रंगशाला प्रदेशको गौरवको आयोजनाका रूपमा लगिएको छ,’ उनले भने, ‘यो नमुना रंगशालाका रूपमा निर्माण गरिनेछ ।’ प्रदेश रंगशालामा १० हजार दर्शक अट्नेछन् । फुटबल मैदान र एथलेक्टिस ट्याक, स्विमिङ पुल, १५ सय दर्शक अट्ने कबर्ड हल, ह्यान्ड बल, बाँस्केटबललगायत खेलका आउटडोर प्रतियोगिताका लागि समेत स्थान हुनेछन् । 

व्यावसायिक प्रयोजनका लागि रंगशालामा एक सय २० वटा सटर निकालिने सदस्यसचिव संज्यालले जानकारी दिए । ‘प्रदेश रंगशाला निर्माणका लागि दुई अर्ब लाग्नेछ,’ उनले भने, ‘आगामी आर्थिक वर्षसम्ममा ३५ करोडको पूर्वाधार निर्माण हुनेछ ।’ कर्णालीमा हरेक आर्थिक वर्षमा खेलकुदका लागि करोडौँ रकम आउने गरेको पनि त्यसको सदुपयोग गर्न नसक्दा रकम फिर्ता जाने गरेको थियो ।