१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिएलडिसी इन्भर्टर मोटरजडित  टिसिएलका वासिङ मेसिन बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३४:oo

इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सका सामान उत्पादन गर्ने टिसिएल ब्रान्डले नयाँ मोडलका वासिङ मेसिनहरू बजारमा  ल्याएको छ । कम्पनीले नेपाली बजारमा ल्याएको फ्रन्ट लोडिङ मोडलमा उपलब्ध टिसिएलका वासिङ मेसिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरू रहेको जनाइएको छ । फ्रन्ट लोडिङ वासिङ मेसिनमा अधिक​ हाई तापक्रममा स्टेरलाइज गर्ने र कम पानीमै धेरै लुगा धुन मिल्ने क्षमता रहेको छ । 

त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधिभित्रै लुगा धुन मिल्ने यस वासिङ मेसिनमा लुगा घट्ने वा खुम्चिने समस्या पनि नआउने कम्पनीले जनाएको छ ।  बिएलडिसी मोटरजडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेन्टी र पाँच वर्षको पिसिबी वारेन्टी रहेको छ ।

पी सिरिज मोडलमा उपलब्ध टिसिएलका वासिङ मेसिनहरू ८ केजी र १० केजीका मोडलहरूमा उपलब्ध रहेको जनाइएको छ । १४०० आरपिएम ड्रममा एलइडी लाइटयुक्त एलइडी टच प्यानल, २४ आवर डिले, १६ वास प्रोग्रामजस्तो विशेषता रहेको छ ।

बिएलडिसी इन्भर्टर मोटर जडान रहेको यस वासिङ मेसिन अझ बढी पावरफुल, स्ट्रंगर र लो नोइजमा काम गर्ने क्षमता राख्ने तथा हाई पर्फर्मेन्स दिनुका साथै विद्युत् पनि कम खपत गर्ने कम्पनीको दाबी छ । 

ad
ad