१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तीन दिनदेखि बेपत्ता बालक मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३७:oo

कैलालीको टीकापुर नगरपालिका– ८ स्थित घरबाट सोमबारदेखि हराएका भएका तीन वर्षीय एक बालकको शव फेला परेको छ । स्थानीय दिलीप विष्टका तीन वर्षीय छोरा विवेकको बुधबार बेलुकी टीकापुर– ४ बागमारास्थित जमरा कुलोको किनारमा शव फेला परेको हो । उनी गत सोमबारबाट घरबाटै बेपत्ता थिए ।

पानीमा डुबेको अवस्थामा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरमा प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । बेपत्ता भएदेखि नै आफन्तले अपहरणमा परेको आशंका गर्दै खोजीका लागि प्रहरीलाई आग्रह गरेका थिए ।

बेपत्ता बालकको खोजीको विषय सुदूरपश्चिम प्रदेश सभामा समेत उठेको थियो । सांसदहरूले बेपत्ता बालकको खोजीमा गम्भीरतापूर्वक लाग्न प्रशासनको ध्यानाकर्षण गराएका थिए । घटना शंकास्पद देखिएकाले र विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।

बालकको खोजीमा क्रममा प्रहरीले बुधबार पानी बन्द गरेर कुलो सुकाउन लगाएको थियो । अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारी पनि टीकापुर गएका छन् ।

ad
ad