१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २१ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २१ सोमबार o६:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिवम् सिमेन्ट ५३ ग्रेडमा पनि उत्पादन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २१ सोमबार o६:५२:oo

शिवम् सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ । शिवम् यसअघि नेपालमै पहिलोपटक गुणस्तर चिह्न प्राप्त गरी ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो । 

५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम् सर्वोत्कृष्ट ओपिसी सिमेन्ट उत्पादन साथै बिक्री–वितरण गर्ने तथा एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको दाबी गरिएको छ । ओपिसी सिमेन्ट मात्रै उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले आफूप्रति सबैले गरेको भरोसा टुट्न नदिने जनाएको छ । 

योभन्दा पहिला नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रमाणीकरण गर्दै आइरहेको थियो, जसअन्तर्गत उत्पादित सिमेन्टहरू कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए । नेपालमा एनएस ४९ को मापदण्डअनुरूप उत्पादन तथा बिक्री–वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो । 

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य रहेको जनाइएको छ । यसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तह–तहमा चुनढुंगा, कच्चा पदार्थहरू, उत्पादन प्रक्रिया, उत्पादित क्लिंकर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परीक्षणसमेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया रहेको जनाइएको छ । 

सन् २००९ मा हेटौँडामा स्थापित यस उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ ।