१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १६ बुधबार
  • Saturday, 28 September, 2024
२o७८ असार १६ बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा पानीकाे बहाब बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन राैतहट प्रशासनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार १६ बुधबार १o:१४:oo

गएरातिदेखि सुरु भएको भारी वर्षाका कारण बागमती र लालबकैया खोलामा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह पाँच सय मिलिभन्दा माथि रहे तटीय क्षेत्रमा खतरा हुने र अहिले बागमतीमा पाँच सय ३० मिलि पानी मापन भएका कारण सतर्क रहन आग्रह गरेको बताए ।

बागमती, लालबकैया, चादीलगायतका खोला तथा नदीमा पानीको सहत बढ्दै जाँदा जिल्लाका दक्षिणी भेगका गाउँहरू डुबानमा पर्ने खतरा बढ्दै गएकाले जिल्ला प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।

बागमती र लालबकैया खोलामा आउने बाढीका कारण जिल्ला सदरमुकाम गौरलगायतका अन्य नगरपालिका हरेक वर्ष डुबानमा पर्दै आएका छन् ।