हिल्सा-सिमकोट सडकको जोखिम चट्टान फुटाइयो

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

खार्पुनाथ गाउँपालिका– २ कारांगा गाउँमा रहेको जोखिमपूर्ण चट्टान फुटाइएको छ ।  हिल्सा–सिमकोट सडक योजनाको पहलमा नेपाली सेनाको बहरा दल गुल्मले उक्त चट्टान फुटाएको हो । 

लगातार वर्षाका कारण ढुंगा खस्न थालेपछि  बस्तीमा जोखिम बढेको भन्दै स्थानीय त्रसित हुँदै आएका थिए ।हिल्सा–सिमकोट सडक योजना र नेपाली सेनाको पहलमा चट्टान फुटाइएको हिल्सा–सिमकोट सडक योजना हुम्लाका योजना प्रमुख विसुनदास लामाले जानकारी दिए । 

जोखिमपूर्ण चट्टान फुटाइएपछि बस्ती सुरक्षित रहेको सडक योजना प्रमुख लामाको भनाइ छ । खार्पुनाथ गाउँपालिकाको  कारांगा गाउँ सुरक्षित भएपछि स्थानीय खुसी भएका छन् । 

सुझावित समाचार