मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १४ सोमबार २१:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीको एआइजीमा सहकुल थापा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १४ सोमबार २१:२२:००

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा डिआइजी सहकुलबहादुर थापाको नाम सिफारिस भएको छ । गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिको सोमबारको बैठकले उनको नाम सिफारिस गरेको हो । 

सरकारले गत साता नेपाल प्रहरीमा एआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । सोही पदमा थापाको नाम सिफारिस भएको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई टुक्राएर कार्य र अपराध अनुसन्धान विभाग बनाइएको छ ।

प्रशासनतर्फ एआइजीको दरबन्दी अब पाँच पुगेको छ । यसअघि गत मंसिरमा सरकारले एआइजीको एक पद दरबन्दी थपेको थियो । अहिले फेरि अर्को एक दरबन्दी थप गरिएको हो ।

एआइजीको दरबन्दी थप गरेर बढुवा सिफारिस गरेसँगै अब नेपाल प्रहरीमा भावी नेतृत्वको लेखाजोखासमेत फेरिएको छ । मंसिरमा एआइजी भएका विश्जराज पोखरेल एक्ला दाबेदार रहेकोमा अब थापासमेत प्रतिस्पर्धामा जोडिएका छन् ।

सरकारले संगठनको आवश्यकताभन्दा व्यक्तिका लागि पटकपटक दरबन्दी घटाउने र बढाउने काम गर्दै आएको छ । केपी ओली सरकारले नै नेपाल प्रहरीमा एआइजीको तीनवटा मात्र दरबन्दी राख्ने निर्णय गरेको थियो । 

त्यस्तै, गृहले डिआइजीमा पनि बढुवाको तयारी थालेको छ । सञ्चारतर्फको डिआइजीको दरबन्दीलाई प्रशासनतर्फ ल्याएर बढुवा गर्न लागिएको छ । माथिल्लो तहमा यसरी बढुवा हुँदा सइबाट इन्सपेक्टरमा भने महिनौँदेखि बढुवा प्रक्रिया रोकिएको छ ।