१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ असार १४ सोमबार १०:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडा तस्कर पक्राउ

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ असार १४ सोमबार १०:०१:००

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । चालू आर्थिक वर्षमा भएका गैँडाको चारवटै चोरी सिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैँडाकोट नगरपालिका– ३ बस्ने ३० वर्षीय राजमान मगर भन्ने राजमान थापालाई प्रहरीले पक्राउ गरेकाे हाे । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले उनी पुर्पक्षका लागि कारागार चलान भएको र उनलाई निकुञ्जले लामो समयदेखि निगरानीमा राखेको जानकारी दिए । उनीसँगै चालू आव ०७७/७८ हालसम्म २७ जना गैँडा तस्कर कानुनी कारबाहीको दायरामा आएको अधिकारीले बताए ।

थापाविरुद्ध गैँडा मारेर खाग बिक्री गरेको आरोपमा जिल्ला अदालत नवलपरासीमा दुई र जिल्ला अदालत चितवनमा एउटा मुद्दा दायर भएको  निकुञ्जले जनाएको छ ।