१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १३ आइतबार १६:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुनर्निर्माण प्राधिकरण र प्राविधिकबीच ७बुँदे सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १३ आइतबार १६:१६:००

विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)अन्तर्गतका प्राविधिकहरू काममा फर्किने भएका छन् । आइतबार प्राधिकरण र प्राविधिकहरूबीच माग पूरा गर्ने सम्बन्धमा ७बुँदे सहमतिपत्रमा हस्ताक्षर भएसँगै प्राविधिकहरू काममा फर्कन तयार भएका हुन् ।

प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुंग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरूले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरू उपलब्ध गराउने सहमति भएको छ ।

प्राविधिकहरूले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७–०७८ को साउन महिनाबाटै नियमानुसार उपलब्ध गराइने भएको छ । त्यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाअन्तर्गत रही कार्यरत इन्जिनियर राजा साहको कामकै दौरानमा मृत्यु भएकोमा साहको परिवारजनलाई बिमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)ले पहल गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । 

प्राधिकरणअन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरू (प्राविधिकहरू, सामाजिक परिचालकहरू, डकर्मीहरूसमेत)को कार्य अनुभवसहितको विवरण रोस्टर तयार पारी अनलाइन पोर्टलमा राख्ने साथै त्यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने र प्राविधिकहरूलाई भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने रिफ्रेसर तालिमको व्यवस्था प्राधिकरणले गर्ने सम्बन्धमा सहमति भएको हो । 

सहमति भएसँगै प्राविधिकहरू काममा परिचालित हुने र रोकिएको निजी आवासको सिफारिस गरेर तत्काल किस्ता पाउने गरी काम गर्ने तथा आगामी कात्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमका लागि निवेदन हाल्न सक्ने लक्ष्यको साथ काम गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । 

आन्दोलनरत प्राविधिकहरूले आफ्नो माग पूरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)अन्तर्गतका प्राविधिकहरूको तर्फबाट अध्यक्ष अविनाश अमरले आफूहरूको माग पूरा भएको र आजैको मितिदेखि काममा खटिने बताए ।