मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार ९ बुधबार ११:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७८ असार ९ बुधबार ११:१०:००

अविरल वर्षाले घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा रोल्पामा तीनजनाको ज्यान गएको छ ।

गएराति साढे १२ बजेतिर आएको पहिरोमा रोल्पा नगरपालिका– ९ ह्वामाका टीकासिं बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको हो ।  

त्यही घरमा सुतिरहेका टीकासिंसहित अन्य तीनजना भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक नरेश सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।