१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार ७ सोमबार १८:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्चीका बाढीपीडितको स्वास्थ्य परीक्षण र स्वास्थ्य सामग्री हस्तान्तरण (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ असार ७ सोमबार १८:४२:००

मेलम्चीका बाढीपीडितको स्वास्थ्य परीक्षण गरिएको छ । मेलम्ची बजारका विस्थापितहरूले आश्रय लिइरहेको इन्द्रेश्वरी उच्च माविमा स्वास्थ परीक्षण र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । 

अनिता बस्नेत नेतृत्वको ६ सदस्यीय नर्सिङ विद्यार्थीले बाढीपीडित दुई सय २० जना महिलाको स्वास्थ्य परीक्षण र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्यानिटरी प्याड, ग्लुकोज, जीवनजल र तीन प्रकारका औषधि हस्तान्तरण गरिएको बस्नेतले बताइन् ।

विभिन्न सहयोगी हातहरूबाट संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरेको उनले बताइन् । ६० जनाको प्रेसरसुगर पनि परीक्षण गरिएको छ ।