१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असार ६ आइतबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चामेमा शनिबारदेखि थुनिएको मर्स्याङ्दी नदी खुलाउन सुरक्षाकर्मी परिचालन 

Read Time : < 1 मिनेट
२०७८ असार ६ आइतबार १३:५८:००

हिमाली जिल्ला मनाङको चामेमा शनिबारदेखि थुनिएको मर्स्याङ्दी नदी खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । चामे बजारको बीचबाट बग्ने घट्टेखोलाले बगाएर ल्याएको ढुंगा र ठुल्ठूला रूख चामेनजिकैको मर्स्याङ्दी नदीमा अड्किएपछि ताल बनेको छ । 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार शनिबार बिहानदेखि मनाङ जाने बेलिब्रिजमाथिबाट मस्र्याङ्दी बगिरहेको छ । उनले भने, ‘चामेमा बनेको ताल खुलाउन अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ 

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले नदीको बहावमा कमी नआएकाले जोखिम कायमै रहेको बताए । निरन्तरको वर्षासँगै आएको बाढीले मनाङको डिस्याङ गाउँपालिकास्थित हुम्देमा पहिरो गएपछि शनिबार दिउँसो मर्स्याङ्दी नदी आधा घन्टा थुनिएको थियो ।

सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले आइतबार बिहानदेखि मर्स्याङ्दी खुलाउन आफुसहित सुरक्षाका सबै निकाय लागिपरेको बताए । उनले भने 'चामेमा रहेको माथिल्लो मनाङ जाने बेलिब्रिजमा अड्किएका काठहरु पन्छाएसंगै ताल परेको पानी केही मात्रामा भएपनि बग्न थालेको छ ।'