१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०८:५८:००
Read Time : < 1 मिनेट
अर्थ

जनता बैंकको रसुवामा स्वास्थ्य तथा आँखा शिविर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०८:५८:००

जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाका दुई स्थानमा ३ दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर आयोजना भएको छ । बैंकले नौकुण्ड गाउँपालिका र कालिका गाउँपालिकामा शिविर सम्पन्न गरेको हो । 

सामाजिक उत्तरदायित्वमा ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशका विभिन्न क्षेत्रमा स्त्री तथा प्रसूति रोगसम्बन्धी र आँखा उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा रसुवामा आयोजना गरेको बैंकले जनाएको छ । स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूति रोग, छालासम्बन्धी रोग र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस्तै, आँखा परीक्षण तथा मोतीबिन्दुको शल्यक्रिया पनि गरिएको बैंकले जनाएको छ । 

रसुवा जिल्लाका सांसदहरू प्रभात लामा र प्रेम लामाले उद्घाटन गरेको उक्त स्वास्थ्य शिविरहरूमा ८ सय ४६ जनाको बृहत् स्वास्थ्य परीक्षण गरिएको र ५४ जनाको शिविरस्थलमै मोतीबिन्दुको शल्यक्रिया गरिएको थियो । शिविरमा बिरामीलाई आवश्यक औषधि र चस्मा निःशुल्क वितरण गरिएको थियो ।

स्त्रीरोगसम्बन्धी उपचारका लागि लक्षित गरिएको शिविरमा पाठेघरको अप्रेसन गर्नुपर्ने गरी पहिचान भएका बिरामीलाई अप्रेसनका लागि अस्पतालमा रिफर गरिएको बैंकले जनाएको छ । रिफर भएका महिलाको बैंकले निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य शिविर नेपाल नेत्र ज्योति संघअन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा भएको थियो ।